निशाको तस्वीरले धुँवा फस्यो विवादमा
यही पोष्टर हो विवादमा परेको । |
छायांकन सकिन केही दिन मात्र बाँकी हुँदा चलचित्र धुँवाको पोष्टरले विवाद निम्त्याएको हो । धुँवाको फस्ट लुक भन्दै निशा अधिकारीको तस्विरलाई प्राथमिकताको साथ राखेर पोष्टर निकालिएपछि त्यसले विवादको रुप लिएको हो ।
कुरो के भएछ भने निशाको त्यो पोष्टरमा रहेको फोटो फोटोग्राफरले अर्कै प्रयोजनका लागि लिएका रहेछन् । अनि पोष्टर निर्माताले उनलाई सोध्दा पनि नसोधी पोष्टर बनाइएको रहेछ । त्यसपछि त आफूले अर्कै प्रयोजनका लागि खिचेको निशाको फोटो एक पटक पनि नसोधि पोष्टर बनाएको भन्दै ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ आक्रोशित नहुने त कुरै रहेन ।
उनले उक्त फोटो एक वर्ष अगाडि नवनारी पत्रिकाका लागि खिचेको बताएका छन् । सो फोटोको सम्पूर्ण राईट किनेर मात्र सो फोटो प्रयोग गर्न पाउने कमलको तर्क छ ।
तर फिल्मका निर्माता रामप्रसाद रिजालले भने फेसबुकतिर आएका पोष्टरहरु अफिसियल नभएकोले फोटोग्राफरलाई आपत्ति नजनाउन भन्दै थमथमाउदै छन् । अब यो भन्दा अगाडी के के हुन्छ त्यो त हामी जानकारी दिने नै छौँ है ।
प्रकाशित मिति:
May 25, 2012