• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जिप दुर्घटनामा परी ९ को मृत्यु
जिप दुर्घटनामा परी ९ को मृत्यु

अपडेट, कात्तिक ५ । पर्वतबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको एक जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

पर्वतको लेखफाँट लोप्रेकदेखि म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको ग १ ज ५१२० नम्बरको जीप दुर्घटनामा परेको हो ।



मृत्यु हुनेमा शालिजाका चालक पृथ्वी पुन, यात्रुहरु शालिजा ६ की सात बर्षिय  आयुष्मा पुन, लेखफाँट ९ का  ५५ बर्षिय शंखवीर फकामी, शालिजा ६ की १८ बर्षिय सीता फकामी, तनहुँ जिल्ला एक्लेफाँट घर भएकी ४० बर्षिय मनमाया खोरजा पुन, गोरखा घर भएका २५ बर्षिय भीमबहादुर थापा, कास्कीको लेखनाथ १२ की २१ ब्र्षिय अनिता भुजेल, तनहुँ जिल्ला दुलेगौंडा २ का ५० बर्षिय पूर्णबहादुर खोरजा पुन रहेका छन् । यसैगरी, उपचारका क्रममा लेखनाथ १२ कै कौशिला भनिने ४५ बर्षिय सीममाया पुनको पनि मृत्यु भएको छ ।

उक्त जीप सडकबाट ३ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनास्थल मुख्य सडकको मिलनचोक देखि एकघण्टा पैदल उकालोमा पर्छ ।

प्रकाशित मिति: October 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |