• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » गगन थापा डटकम बिक्रिमा, मूल्य रु १'९९'९९९
गगन थापा डटकम बिक्रिमा, मूल्य रु १'९९'९९९

गगन थापा
कात्तिक ५ । नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित गगन थापा यतिबेला निक्कै चर्चामा छन् । घोषित चुनावका लागि उम्मेदवार बन्दादेखि नै विवादका कारण चर्चामा रहेका उनी अहिले पनि विभिन्न कारण चर्चामा छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टीले उम्मेदवार बनाएपछि उनकै विरुद्ध पार्टी नेतृ सुप्रभा घिमिरेले बागी दिएपछि चर्चा सुरु भएको थियो । त्यसलगत्तै उनका प्रतिद्धन्द्धीमा एमाओवादी पूर्व लडाकु नन्द किशोर पुन उठेपछि कसले जित्ला भनेर चर्चा चल्यो । अझ एमाओवादीका पक्षपाती मानिएका लेखक खगेन्द्र संग्रौलाले गगनप्रति नै समर्थन देखाएपछि गगनको चर्चा अझै उचाईमै पुग्यो ।

त्यति मात्रै होइन, गगनलाई जिताउन सामाजिक सञ्जाल तथा इमेल इन्टरनेटबाट व्यापक रुपमा प्रचारको काम भईरहेको अवस्थामा गगन थापा डटकमको डोमिन दुई लाखमा एक रुपैयाँ कम राखेर बिक्रिमा राखेपछि अनलाइन जगतमा पनि गगनको चर्चा चुलिएको छ ।

नेपालमा डोमिन किनबेचको चलन भईनसकेको अवस्थामा गगन थापा नामको डोमिन एकैचोटी दुई लाखमा बिक्रिमा राखिएपछि चर्चा चुलिएको हो ।

विदेशमा भने राम्रा राम्रा डोमिन नेम बुकिंग गरेर राख्ने र महंगो महंगो दरमा बिक्रि भईरहे पनि नेपालमा भने त्यस्तो चलन नभए पनि पछिल्लो समय यसको सुरुवाती भने भएको बेवसाइट सम्बन्धित क्षेत्रमा काम गर्दै आएको वेबलिंक नेपालका प्रमुख सिताराम रिमाल बताउँछन् ।

गगन थापा डटकमको बिक्रि प्रबद्र्धनको जिम्मा पनि अहिले वेबलिंक नेपालले नै लिएको छ । हाल गगन थापा डटकम खोल्दा यो साइट बिक्रिमा रहेको र मूल्य रु १'९९'९९९ रहेको म्यासेज देख्न सकिन्छ । जसमा सम्पर्क नम्बर पनि राखिएको छ ।

प्रकाशित मिति: October 22, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |