पेस्तोल र गोलीसहित पक्राउ

कञ्चनपुरको गडडाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले एक जनालाई पेस्तोल र तीन राउन्ड गोलीसहित आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्तनगरपालिका उल्टाखामका २६ वर्षीय वीरबहादुर साह छन् ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साहको शङ्कास्पद गतिविधि देखेपछि जाँच गर्दा मोजाभित्र लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल एक थान र तीन राउण्ड गोली बरामद गरेको बताएको छ ।
प्रकाशित मिति:
June 14, 2012