एसएलसी फेल भएपछि १५ वर्षिया प्रतिक्षाद्वारा झुण्डिएर आत्महत्या
असार १ – एसएलसीमा फेल भएपछि नेपालगन्जकी १५ वर्षिया प्रतिक्षाले झुण्डिएर देह त्याग गरेकी छन् ।
एसएलसीमा फेल भएपछि बुधवार साँझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी हुन् ।
नेपालगन्ज–१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आवेशमा आएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
उनी नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसीमा सहभागी थिइन् । विद्यार्थीहरुले आफूलाई नियन्त्रण गर्न नसक्दा यस्ता घटना वर्षेनी दोहोरिदै आएका छन् ।
एसएलसीमा फेल भएपछि बुधवार साँझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी हुन् ।
नेपालगन्ज–१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आवेशमा आएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।
प्रकाशित मिति:
June 15, 2012