युरोकपका क्वाटरफाईनल धमाकाहरु आजबाट, यस्ता छन हस्तीहरु
असार ७ – झन्डै झन्डै विश्वकप जतिकै मानिने युरो कप २०१२ अन्तर्गत क्वाटरफाईनलका भिडन्तहरु आजदेखि सुरु हुँदैछ ।
पोल्याण्ड र युक्रेनमा जारी युरोकप प्रतियोगिता अन्तर्गतको पहिलो क्वाटरफाईनलमा भने आज चेक गणतन्त्र र पोर्चुगलबीच भिडन्त हुने भएको छ ।
पोल्याण्डको राजधानी वार्समा हुने खेल नेपाली समय अनुसार राती साँढे १२ बजे हुनेछ । प्रतियोगिताको सरप्राईज टोली चेक गणतन्त्र समुह ए को विजेता बन्दै क्वाटरफाईनलमा पुगेको हो भने पोर्चुगल समुह बी को विजेता बन्दै अन्तिम आठमा उक्लेको हो ।
जारी युरोकपमा चेक गणतन्त्र र पोर्चुगलका अतिरीक्त जर्मनी र ग्रिस, स्पेन र फ्रान्स तथा ईटाली र इंग्लण्डविच क्वाटरफाईनल खेल हुनेछन् ।
कुन देश कुनसँग भिड्दैछन् त क्लिक गरेर हेर्नुहोस हस्तीहरु
प्रकाशित मिति:
June 21, 2012