मुलुकमा अहिलेको संकट यसरी आयो – प्रधानमन्त्री (भिडियोसहित)
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतमा राजनीतिक पार्टीले सहमति पनि नगर्ने, संविधानसभाको अधिकार प्रयोग गर्ने प्रक्रियालाई पनि कुण्ठित गर्ने, संकटकालका लागि पनि सहमति नदिने र चुनावबाट पनि भाग्ने जस्ता प्रवृत्ति देखाएकाले मुलुकमा यो संकट आएको बताएका छन् ।
सरकार पक्षले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले साँच्चै लोकतन्त्रिक पद्धति अगालेर अघि बढ्ने हो भने मुलुकलाई बचाउन सकिने समेत बताए ।
लोकतन्त्रको विकल्प अझ ठूलो लोकतन्त्र नै भएको उनको भनाई छ ।
संविधानसभाबाट संविधान नबनेको प्रति निराश नहुन आग्रह गर्दै उनले जे जस्तो भए पनि आजको यो परिस्थितिमा आउनुमा सबै जिम्मेवार भएको पनि उल्लेख गरे । यहाँ तल सत्तारुढ दलहरुद्धारा आयोजित अन्तरक्रिया कार्यक्रमको भिडियो राखिएको छ । तल क्लिक गरेर हेर्नुहोस :-

प्रकाशित मिति:
June 05, 2012