डाक्टरले बिरामी महिलालाई नै बलात्कार गर्न खोजेपछि...!
असोज २१ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराउन गएकी एक महिलामाथि चिकित्सकले नै रातको समयमा बलात्कारको प्रयास गरेका छन् ।
शनिबार राति भएको यो घटनालाई लिएर आइतबार दिनभर सो अस्पताल तनावग्रस्त बनेको थियो ।
उनलाई अस्पतालले ३९ नम्बरको कोठामा राख्दै आइतबार शल्यक्रिया गर्ने जानकारी आफन्तलाई दिएको थियो । तर, सर्जरी विभागका मेडिकल अफिसरका रूपमा समेत रहेका डा. जयसवालले शनिबार राति नै शल्यक्रिया गर्ने बहाना बनाएर बलात्कार प्रयास गरेको पीडित महिलाको दाबी छ ।
डा. जयसवालले बलात्कार गर्ने उद्देश्यले नै कोठाको चुकुलसमेत लगाएर बाहिरबाट कसैलाई प्रवेश गर्न नदिएको समेत पीडितको दाबी छ । ‘राति आएर अपरेसन गर्ने भनेर लगियो, होला त नि भनेर गएँ, त्यसपछि डा. जयसवालले योनि र मलद्वारभित्र औंला छिराए पीडित महिलाले भनिन् ।
उक्त घटनापछि पीडितलाई न्याय र पीडकमाथि कारबाहीको माग राख्दै विकका आफन्त र स्थानीयले अस्पताल घेराउका साथै नाराबाजी गरेपछि आइतबार बिहानैदेखि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो ।
घेराउ र नाराबाजीबीच अस्पताल प्रशासनले डा. जयसवाललाई निलम्बन गरेको जानकारी गराएको थियो ।

प्रकाशित मिति:
October 07, 2013