• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बोक्सी भन्दै दिसापिसा खुवाउन खोज्ने पाँच जना पक्राउ
बोक्सी भन्दै दिसापिसा खुवाउन खोज्ने पाँच जना पक्राउ


असोज १७ – मोरङमा बोक्साबोक्सीको आरोप लगाउँदै वृद्ध दम्पतीलाई गाउँ निकाला गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि उनीहरु सबैलाई प्रहरीले मुद्दा दर्ता समेत गरेको छ ।

मोरङ दर्वेशा–८ का ६० वर्षीय वृद्ध पहाडचन्द्र राजवंशी र उनकी श्रीमती अन्सोदेवी राजवंशीलाई बोक्साबोक्सीको आरोप लगाएर गाउँ निकाला गर्ने सोही ठाउँका श्रवणकुमार राजवंशी, जीतलाल राजवंशी, हरिप्रसाद राजवंशी, चम्पादेवी राजवंशी, शिवनारायण राजवंशी र सुदरी देवी राजवंशीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रङ्गेलीले मुद्दा दर्ता गराएको हो ।

गत भदौ १३ गते दर्वेसा–८ का एक वृद्ध भुइचन्द राजवंशीको मृत्युपछि गाउँलेले वृद्ध दम्पतीलाई बोक्सीको अरोप लगाउँदै गाउँमा कोही बिरामी परे २५ हजार जरिवाना तिर्नुपर्ने तमसुकसमेत गराएका थिए ।

त्यतिले पनि नपुगेर मलमुत्र खुवाउने तयारी गरेपछि वृद्ध दम्पती भागेर आफन्तको शरणमा पुगेका थिए ।

मङ्गलबार इलाका प्रहरी कार्यालय रङ्गेलीमा पीडित दम्पतीले जाहेरी दिएपछि अरोपितहरूलाई पक्राउ गरी सामाजिक ऐनअन्तर्गत मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: October 03, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
गृह पृष्ठ |