विश्व क्रिकेटर सचिन तेन्दुलकर ६ वर्षका लागि सांसद बने
विश्व क्रिकेटरका रुपमा चर्चा कमाएका भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आज भारतको राज्यसभा संसदको लागि सपथ लिएका छन् ।
२२ वर्षदेखि क्रिकेट जीवनमा व्यस्त तेन्दुलकरले आज भारतको राज्यसभामा संसद पदको सपथे हिन्दी भाषामा लिए । भारतीय सञ्चार माध्ययमले सचिनले सपथ लिदाँ अत्तालिएको बताएका छन् । विश्वमा एक सफल क्रिकेट खेलाडीका रुपमा चर्चाकमाएका तेन्दुलकरले सांसद बनेर कस्तो चर्चा कमाउँने हुन त्यो भने ६ वर्षसम्म कुर्नु पर्ने भएको छ ।
कतिपय आलोचकले भने सचिनले संसद बनेर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । भारतको राज्यसभामा सामाजिक क्षेत्रमा काम गर्नेलाई सम्मानका रुपमा संसदबनाउँने चलन रहेको भए पनि पहिलो पटक क्रिकेटर सचिनलाई सम्मानस्वरुप सांसद बनाइएको हो । आलोचकले भने सचिनले आगामी दिनमा राम्रो क्रिकेट खेल्न पनि नसक्ने र संसदको जिम्मेवारी समेत कुशलताका साथ निर्वाहा गर्न नसक्ने बताएका छन् ।
प्रकाशित मिति:
June 04, 2012