पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना, २३ को मृत्यु ६० जना घाइते
विवाहपछि जन्ती बोकेर फर्कदै गरेको एक बस पाकिस्तानमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी मारिएका व्यक्तिमध्ये छ जना बालबालिका पनि परेका छन् । बसमा रहेका अरु करिब साठी जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पाकिस्तानको राजधानी इस्लामावाद नजिकै विवाह समारोहमा संलग्न भई जन्ती बोकेर फर्कदै गरेको बस दुर्घटना भएको भएको थियो ।
पाकिस्तानको राजधानी इस्लामावादबाट २५ किलोमीटर दक्षिणमा पर्ने नार गाँउमा सो बस दुर्घटनाग्रस्त बन्न पुगेको थियो ।
राजधानी इस्लामावाददेखि १०० किलोमिटर दक्षिणमा पर्ने चाक्वाल जिल्लाबाट ९७ जना व्यक्ति विवाहको समारोहबाट फर्केको बताइएको छ ।
यस दुर्घटनामा अन्य ६० जना घाइते भएको प्रहरी अधिकारी जावाह तारिकले एएफपी समाचार समितिलाई जनाएका छन् । उनका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको छ । चालकले नियन्त्रण गुमाउनाले सो घटना भएको तारिकले बताएका छन् ।

प्रकाशित मिति:
June 04, 2012