• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » जस्टिन बिबरले पनि प्रेमिकालाई हेलिकप्टर नै उपहार दिएपछि..
जस्टिन बिबरले पनि प्रेमिकालाई हेलिकप्टर नै उपहार दिएपछि..

तपाई आफ्नो प्रेमीप्रेमिकालाई  के उपहार दिनुहुन्छ नि रु फूल, पुस्तक या त लगाउने पहिरन ? जे सुकै होस् यो त आ–आफ्नो इच्छाले दिने कुरो भयो होइन त ।

तर विश्वबजारमा अलिक नाम चलेका प्रेमीप्रेमिकाहरुको चालचलन भने अलिक फरक हुँदै गएको छ । यतिसम्म त्यो पत्याउन सम्म नि गाह्रो हुने गरी ।

कुरो हो जन्मदिनमा दिइएको उपहार हेलिकप्टरको ।

यस अघि हलिउडका चर्चित नायिका एन्जेलिना जोलिले आफ्नो प्रेमि ब्राड पिटलाई हेलिकप्टर उपहार दिएर चर्चाको शिखर छुइन् ।

त्यस अगाडी कसैले पनि उपहारस्वरुप हेलिकप्टर नै दिने हर्कत अगाडी बढाएका थिएनन् । तर उनले दिएको उपहारलाई काउन्टर एट्याक गर्दै अहिले हलिउडका युवा गायक जस्टिन बिबरले आफ्नी प्रेमिका सेलेना गोमेजलाई हेलिकोप्टर उपहार दिन भ्याएका छन् ।

भर्खरै हलिउडमा आफ्नो छवि बनाइरहेका बिबरले आफूहरुको टोरोन्टोको घुमाई अझ रमाइलो होस् भन्नका लागि सेलेनालाई हेलिककोप्टर उपहार दिएको बताएका छन् ।

१८ वर्षीय बिबरले सेलेनाको खुशीको लागि आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । १८ वर्षीय बिबर र १९ वर्षीय सेलेना विगत दुई वर्षदेखि सँगै बस्दै आएका छन् ।

जस्टिनले गत शनिबार हेलिकोप्टर उपहार दिने खबर सुनाउँदा सेलेना दंग परेकी थिइन् । आफूलाई कयौँ लेडिज फ्यानहरुको प्रस्ताव र चिठी आउने गरे पनि सेलेनाबाहेक अरु कसैसँग जिन्दगीभर नजिक हुन नसक्ने जस्टिनले बताएका छन् ।
यी नै हुन् जस्टिनकी प्रेमिका हेर्नुहोस जसले हेलिकप्टर उपहार पाइन....



प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |