जस्टिन बिबरले पनि प्रेमिकालाई हेलिकप्टर नै उपहार दिएपछि..
तपाई आफ्नो प्रेमीप्रेमिकालाई के उपहार दिनुहुन्छ नि रु फूल, पुस्तक या त लगाउने पहिरन ? जे सुकै होस् यो त आ–आफ्नो इच्छाले दिने कुरो भयो होइन त ।
तर विश्वबजारमा अलिक नाम चलेका प्रेमीप्रेमिकाहरुको चालचलन भने अलिक फरक हुँदै गएको छ । यतिसम्म त्यो पत्याउन सम्म नि गाह्रो हुने गरी ।
कुरो हो जन्मदिनमा दिइएको उपहार हेलिकप्टरको ।
यस अघि हलिउडका चर्चित नायिका एन्जेलिना जोलिले आफ्नो प्रेमि ब्राड पिटलाई हेलिकप्टर उपहार दिएर चर्चाको शिखर छुइन् ।
त्यस अगाडी कसैले पनि उपहारस्वरुप हेलिकप्टर नै दिने हर्कत अगाडी बढाएका थिएनन् । तर उनले दिएको उपहारलाई काउन्टर एट्याक गर्दै अहिले हलिउडका युवा गायक जस्टिन बिबरले आफ्नी प्रेमिका सेलेना गोमेजलाई हेलिकोप्टर उपहार दिन भ्याएका छन् ।
भर्खरै हलिउडमा आफ्नो छवि बनाइरहेका बिबरले आफूहरुको टोरोन्टोको घुमाई अझ रमाइलो होस् भन्नका लागि सेलेनालाई हेलिककोप्टर उपहार दिएको बताएका छन् ।
१८ वर्षीय बिबरले सेलेनाको खुशीको लागि आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । १८ वर्षीय बिबर र १९ वर्षीय सेलेना विगत दुई वर्षदेखि सँगै बस्दै आएका छन् ।
जस्टिनले गत शनिबार हेलिकोप्टर उपहार दिने खबर सुनाउँदा सेलेना दंग परेकी थिइन् । आफूलाई कयौँ लेडिज फ्यानहरुको प्रस्ताव र चिठी आउने गरे पनि सेलेनाबाहेक अरु कसैसँग जिन्दगीभर नजिक हुन नसक्ने जस्टिनले बताएका छन् ।
यी नै हुन् जस्टिनकी प्रेमिका हेर्नुहोस जसले हेलिकप्टर उपहार पाइन....

प्रकाशित मिति:
June 20, 2012