यी नै हुन् नेपालका लागि नयाँ अमेरिकी राजदूत
असार ६ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि अमेरिकी नयाँ राजदूत चयन गरेका छन् । ओबामाले नेपालका लागि नयाँ राजदूतमा पिटर विलियम बोडेलाई मनोनित गरेका हुन् ।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिले उनलाई आज अनुमोदन समेत गरेको छ । अब बोडेले निर्वतमान राजदूत स्कट एच डेलिसीलई प्रतिस्थापन गर्ने भएका हुन् । डिलिसी नेपालम रहँदा फेसबुक मार्फत बन्द हडतालको कडा विरोध गरेर निक्कै लोकप्रिय बन्न पुगेका थिए ।
को हुन् त उनी ?
नेपालका लागि नवमनोतित राजदूत बोडे इराकको संक्रमणकालिन मिसनका उपप्रमुख हुन् । सन् १९८१ देखि अमेरिकाको परराष्ट्र सेवामा पाइला टेकेका उनको काठमाडौंस्थित दूतावासमा काम गरेको अनुभवसमेत छ ।
उनले मलवी, पाकिस्तान, जर्मनीलगायतका कुटनीतिक मिसन का साथै दिल्लीमा पनि कामको अनुभव सम्हालेका छन् ।

प्रकाशित मिति:
June 20, 2012