• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » घाँटी थिचेर श्रीमतीको हत्या I
घाँटी थिचेर श्रीमतीको हत्या I

असार ५–  सप्तरीमा गएराति एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

बरही बिरपुर–१ निवासी सन्तोषकुमार यादवले २५ वर्षीया श्रीमती रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

श्रीमानसहित घरपरिवारका सदस्यहरूले घरायसी विवादमा रम्भादेवीको घाँटी थिचेर हत्या गरेको अवस्थामा आज निजकै घरमा शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

मृतकको घाँटीमा चोटपटक र निलडाम देखिएको छ ।

तीन वर्षअघि सन्तोष र बोरिया–८ निवासी श्यामसुन्दर यादवका छोरी रम्भा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको सन्तान छैन् ।

राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा फोरेन्सिक विशेषज्ञ चिकित्सक नभएकाले शव परीक्षणका लागि धरान लैजाने तयारी भइरहेको अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार रामकृष्ण यादवले जानकारी दिए ।

हत्या पश्चात सन्तोषसहित घरका सम्पूर्ण सदस्यहरू फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस


प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |