अज्ञात समूहको गोली प्रहारमा भूमिगत नेताको मृत्यु
पर्सा, ३ असार । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक भूमिगत सङ्गठनका नेताको मृत्यु भएको छ ।
भारत बिहार पूर्वी चम्पारन रक्सौलमा अवस्थित मन्सामाई मन्दिर नजिकै राति ८ः३० बजेको समयमा नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा सवार रहेका दुई युवाले गोली प्रहार गर्दा भूमिगत सङ्गठन जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगत सिंह) समूहमा आवद्ध बाराको गाविस सुखिपतरा निवासी मोहित यादवको मृत्यु भएको हो ।
विगत दुई वर्षदेखि रक्सौलको नायकटोला निवासी सोनाउल्लाह मियाँको घरमा डेरा गरी बस्दै आएका यादव रक्सौलबाट मोटरसाइकलमा पार्टीका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र यादवसहित कोठातर्फ फर्किनेक्रममा मोटरसाइकलमा सवार दुई युवाले मन्दिर नजिकैको मूल सडकमा बाटो घेरी गोली प्रहार गर्दा मोहितको मृत्यु भएको रक्सौल प्रहरीले जनाएको छ ।
अज्ञात समूहले चलाएको दुई गोली मोहितको छाती र पेटमा लागी घाइते भएपछि उपचारको लागी अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको रक्सौल प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक आर.के सिंहले बताए ।
मोटसाइकलमा मोहितसंँगै रहेका वीरेन्द्र यादवको अवस्था अज्ञात रहेको र उनलाई पनि गोली लागिएको खबर सुनिएपनि सम्पर्कमा नरहेको कारण केही भन्न नसकिने निरीक्षक सिंहको भनाई छ ।
भूमिगत समूहबीचको आन्तरिक द्वन्द्वका कारण मोहितको हत्या गरिएको हुन सकिने भारतीय प्रहरीले आशङ्का व्यक्त गरेको छ ।
मृतक मोहितको शव परीक्षणका लागी सदर अस्पताल मोतिहारी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
भारत बिहार पूर्वी चम्पारन रक्सौलमा अवस्थित मन्सामाई मन्दिर नजिकै राति ८ः३० बजेको समयमा नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा सवार रहेका दुई युवाले गोली प्रहार गर्दा भूमिगत सङ्गठन जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी (भगत सिंह) समूहमा आवद्ध बाराको गाविस सुखिपतरा निवासी मोहित यादवको मृत्यु भएको हो ।
विगत दुई वर्षदेखि रक्सौलको नायकटोला निवासी सोनाउल्लाह मियाँको घरमा डेरा गरी बस्दै आएका यादव रक्सौलबाट मोटरसाइकलमा पार्टीका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र यादवसहित कोठातर्फ फर्किनेक्रममा मोटरसाइकलमा सवार दुई युवाले मन्दिर नजिकैको मूल सडकमा बाटो घेरी गोली प्रहार गर्दा मोहितको मृत्यु भएको रक्सौल प्रहरीले जनाएको छ ।
मोटसाइकलमा मोहितसंँगै रहेका वीरेन्द्र यादवको अवस्था अज्ञात रहेको र उनलाई पनि गोली लागिएको खबर सुनिएपनि सम्पर्कमा नरहेको कारण केही भन्न नसकिने निरीक्षक सिंहको भनाई छ ।
भूमिगत समूहबीचको आन्तरिक द्वन्द्वका कारण मोहितको हत्या गरिएको हुन सकिने भारतीय प्रहरीले आशङ्का व्यक्त गरेको छ ।
मृतक मोहितको शव परीक्षणका लागी सदर अस्पताल मोतिहारी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
June 17, 2012