देउवा र पौडेलमध्ये एक प्रधानमन्त्री, कुरा नमिले तेस्रो व्यक्ति : नेता केसी
असार ११ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये एक जना हुने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले १० दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बसेर सहमतिमा प्रधानमन्त्रीको साझा उम्मेदवारी घोषणा गर्ने बताएका हुन् ।
उनले सहमति बन्न नसके अर्को तेस्रो व्यक्ति प्रधानमन्त्रीको उम्मेदवारी बन्ने समेत बताएका छन् । उनले तेस्रो व्यक्तिको नाम भने खुलाएनन् ।
कार्यक्रममा उनले हिजोको प्रधानमन्त्रीको अभिव्यक्ति सत्ता कब्जाको मनसायले आएको भन्दै त्यसको कांग्रेसले सशक्त रुपमा विरोध समेत जनाए ।
प्रधानमन्त्रीका विरुछ सशक्त आन्दोलन गरेर राष्ट्रपतिलाई नैतिक बल प्रदान गरेर भएपनि प्रधानमन्त्रीलाई पदमुक्त गराई छाड्ने उनको भनाई छ ।
प्रकाशित मिति:
June 26, 2012