पोथी हात्तीको भविष्यवाणी धमाका
झन्डै विश्व कप फुटबल जत्तिकै महत्व बाकेको युरो कप २०१२ को भविष्यवाणी धमाका गर्न भने चिता नामको पोथी हात्ती अगाडी बढेको छ ।
अक्टोपस पाउलले विश्वकप २०१० मा सफल भविष्यवाणी गरेर विश्वभर नै चर्चा पाएसँगै खेलहरुमा भविष्यवाणी गर्ने परिपाटीले राम्रै मौका पाउन थाल्यो ।
त्यसैको सिलसिला अन्तर्गत नै पोल्यान्ड र ग्रिसबीचको खेलसँगै शुक्रबार सुरु हुने युरो २०१२ को भविष्यवाणीमा चिता नामको पोथी हात्तीले भविष्यवाणी थालेको हो ।
२००४ को च्याम्पियन ग्रिसविरुद्ध हुने उद्घाटन खेलका लागि चिताको रोजाइमा भने सहआयोजक पोल्यान्ड परेको छ। बुधबार क्राकोमा ३३ वर्षे चिताले पोल्यान्ड लेखिएको मेलन खुसीसाथ टिपेर सहआयोजकले जित्ने भविष्यवाणी गरेको हो । त्यही लाइन लगाएर ग्रिस र बराबर लेखिएका थप दुई मेलन राखिएका थिए ।
अनि चिडियाखाना व्यवस्थापनले जुलाई १ सम्म चल्ने प्रतियोगिताको पोल्यान्डका सबै खेल तथा प्रतियोगिताका अन्तिम चरणका खेलमा पनि चिताबाट भविष्यवाणी गराउने भएको छ।
विश्वकपमा अक्टोपसको सफल भविष्यवाणी जस्तै चिताको हुने हो कि होइन त्यो थाहा पाउन त समय कुर्नै पर्नेछ ।

प्रकाशित मिति:
June 07, 2012