विश्व साइकल यात्री दाहाल चीनको गोन्झाउमा I
काँकडभिट्टाबाट ५ वर्ष ३ महिनाअघि विश्व
साइकल यात्रा थालेका सौरभ दाहाल ४८ औं मुलुक भ्रमणका क्रममा चीनको दक्षिणी
सहर गोन्झाउ आइपुगेका छन् ।
जेष्ठ १६ गते उनी यहाँ आइपुगेका हुन् । सबैका लागि समान शिक्षा, पर्यावरण संरक्षणका लागि साइकल र बुद्ध नेपालका जन्मिएका हुन् भन्ने सन्देश फैलाउनु उनको यात्रा उद्देश्य हो ।
ओमानबाट यहाँ आएका दाहालले १५ दिन चीनमा बस्ने योजना रहेको सुनाए । यसपछि उनले हङकङ र मकाउको समेत भ्रमण गर्ने जनाए । झापा भद्रपुरका उनले सन् २०२० सम्म विश्वभरका २ सय ५ मुलुक भ्रमण गरिसक्ने योजना बनाएका छन् ।
चीनमा बसोबासको प्रबन्ध त्यहाँ स्थित गैरआवासीय नेपाली संघले मिलाएको हो ।

प्रकाशित मिति:
June 10, 2012