यसरी फैंलदै छ जाजरकोटका टमटर खेती, हप्तामा ३० क्वीन्टल उत्पादन
सुर्खेतको वीरेन्द्रनगरमा रहेको लक्षमण देवकोटाको देवकोटा तरकारी मन्डीलाई जाजरकोटका नमुना लक्ष्मी कृषक समुह जगतिपूर–१ मटेला, शरस्वती कृषक समुह जगतिपूर–१ मटेला, भेरी काँस्तरा कृषक समुह जगतिपूर–१ काँस्तरा, त्रिवेणी कृषक समुह खलंगा–९ कालेगाउँ र प्रगतिशिल कृषक समुह खलंगा–९ कालेगाउँ ले जिल्लाको एक ठाउँमा संकलन केन्द्र वनाई हप्तामा ३० क्वीन्टल टमटर दिने लिखित सम्झौता गरि सकेका छन । उच्च मुल्य कृषि बस्तु विकास आयोजना (हाई भ्यालु) जाजरकोटको समन्वयमा कृषक समुह र तरकारी मन्डी विच लिखित सम्झौता भएको हो । सम्झौता पछि जाजरकोटका किसान र ब्यापारीहरुमा एक खालको हलचल पैदा भएको छ ।
स्थानिय बजारहरुमा टमटरको भाउँ बढ्न सक्ने र उपभोक्ताहरुले चर्को मुल्य तिर्नु पर्ने हुन सक्ने धेरैले अनुमान गर्न थालेका छन । ब्यबसायी कृषि क्षेत्रमा लाग्ने किसानहरु भने यो सम्झौतालाई वजारीकरणको अवसरका रुपमा लिएका छन । उच्च मुल्य कृषि बस्तु विकास आयोजना (हाई भ्यालु ) नेपाल सरकार कृषि मन्त्रालय, वन, पशु र नेपाल उद्योग वाणिज्य संघ द्धारा सञ्चालित कार्यक्रम भएको हुदा किसानहरुका लागि विश्वासयोग्य कार्यक्रम भएको कार्यक्रम कोटनेटर युवराज कार्कीले वताए । सुर्खेतमा रहेको देवकोटा तरकारी मन्डीले विगत ३ बर्ष देखी सल्यान र दैलेखका किसानहरुले उत्पादन गरेको तरकारीहरु खरिद गरि सुर्खेत, नेपालगन्ज, चितवन र नारायणघाटका बजारहरुमा तरकारी आपूर्ति गर्दै आएको कोटनेटर कार्कीको भनाई छ ।
विगत केही बर्ष यता देखि लिङक÷हेल्भेटास स्वीस इन्टर को अप्रेशन नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले साना किसानहरुको स्थानिय संस्था र वजारमा पहुँच कार्यक्रमका माध्यामवाट छिन्चु–जाजरकोट र छेडा–थलह रोड कोरीडोर अन्तरगत जिल्लाका १२ वटा गाविसका ब्यवसायीक कृषक समुहहरुको कृषिजन्य उत्पादीत बस्तुहरुको वजारमा पहुँच पुर्याई वजारीकरणमा संस्थागत गर्न ४ वटा संकलन केन्द्र स्थापना गरेको साना किसानको वजार प्रवद्र्धक संयोजक कर्ण बहादुर रोकायले वताए । जसमा दशेराको थलह, सिमाको मोर्क, खलंगाको मटेला र खलंगामा तरकारी संकलन केन्द्रहरु रहेका छन संयोजक रोकायले चर्चा गरे ।
जिल्लामा लिङक÷हेल्भेटास नेपालले सन् २००३ देखि २०१० सम्म गाउँ–गाउँमा किसानहरुलाई कृषक समुहमा आबद्ध गरी तरकारी उत्पादन गराउदै आएको छ । साथै उक्त हेल्भेटासले सन् २०११ देखि हाल सम्म समुहहरुको कृषिजन्य उत्पादीत बस्तुहरुको वजार व्यबस्थापनमा सहजीकरण गर्दै आई रहेको छ ।
प्रकाशित मिति:
April 08, 2014