रमेश खरेल आफूलाई भेट्न नआएको गृहमन्त्रीले भन्नु चेन अफ कमाण्ड विपरित
चैत्र २५ । गृहमन्त्री बामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि यसको विरोध बढेर गएको छ ।
यतिसम्म की, खरेल आफूलाई भेट्न नआएको भनेर सार्वजनिक सभामा गुनासो गर्नु चेन अफ कमाण्डको सिद्धान्तविपरीत भएको भन्दै आलोचना समेत हुन थालेको छ ।
जानकारहरुलाई उदृत गर्दै कान्तिपुर दैनिकले फौजी संगठनको चेन अफ कमाण्डको मान्यताअनुसार मन्त्रीले प्रहरी प्रमुख (आइजिपी) सँगसमेत हत्पती भेट्न नमिल्ने खबर छापेको छ ।
मन्त्रीको आदेश प्रहरी संगठनसम्म पुर्याउने काम गृहसचिवले गर्छन्। ‘चेन अफ कमाण्ड मान्ने हो भने खरेल उनलाई भेट्न जाने होइन,’ पूर्वगृहसचिव श्रीकान्त रेग्मीले भने।
मन्त्री गौतमले शनिबार सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘नजिकै सिंहदरबारमा कार्यालय र पुल्चोकमा क्वाटर भए पनि एसएसपी खरेल मसँग भेट्न आएको छैन, मसँग भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ।’

प्रकाशित मिति:
April 08, 2014