खलंगाको विद्यालयमा पनि जोडियो इन्टरनेट
जाजरकोट २४ चैत्र । जिल्लाको एक प्राविमा पहिलो पटक इन्टरनेट सेवा जडान गरिएको छ । सदरमुकाम खलंगाको रामजानकी प्राथमिक विद्यालयमा इन्टरनेट सेवा सहितको कम्प्युटर जडान गरिएको हो ।
जिल्ला शिक्षा कार्यालय जाजरकोट र खलंगा गाविसको आर्थिक सहयोगमा इन्टरनेट सहितको कम्प्युटर सेवा जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र शर्माले वताए । उनले साढे दुइ लाख वरावरको खर्चमा तीन वटा कम्प्युटर फोटो कपी मेसिन, प्रिन्टर खरिद गरिएको वताए । विद्यालयका बालबालिका र शिक्षकहरुलाइ लक्षित गरि कम्प्युटरको व्यवस्था गरिएको शर्माले बताए ।
जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित हुदै गएको उक्त विद्यालयमा पठन पाठनमा म नयाँ प्रविधी प्रयोग गर्न कम्प्युटरले सहयोग गर्ने प्रधानाध्यापक अच्युतप्रसाद शर्माले बताए । बालवालिकाको रुचि र आवस्यक्ता अनुसाार वालमैत्री वातावरणमा आधुनिक प्रविधिको प्रयोग गरि विद्यार्थीहरुलाइ अझ वढी सृजनसील वनाउन कम्प्युटरको व्यवस्था गरिएको उनको भनाइ छ । विद्यालयमा कम्प्युटर आएपछि विद्यार्थीहरु पनि खुसी भएका छन् ।
नयाँ कुरा देखेर उनीहरु पढाइमा रुचि गर्न थालेको एक अभिभावकले वताए । विद्यालयमा कम्प्युटर आएको छ भनेर आफना छोराछोरीहरु पढ्न जान हतार गर्न थालेको खलंगा ३ का अभिभावक रतन कार्कीले बताए । विद्यालयमा मल्टिमिडयाको प्रयोग गरी पठनपाठन गरिने वताइएको छ । आगामी शैक्षिक सत्रको सुरुवात देखिनै कम्प्यटरको प्रयोगवाट सवै विषयको पढाइ गरिने विव्यस अध्यक्ष शर्माले बताए ।
प्रकाशित मिति:
April 07, 2014