जनताको छुट्टै संविधान जारी गछौं : ३३ दल
चैत्र २४ काठमाडौं । ३३ दलिय राजनीतिक मोर्चाले आफूहरुलाई सहभागी नगरी संविधानसभाबाट नया संविधान जारी गरे छुट्टै संविधान ल्याउने चेतावनी दिएको छ । उसले आफूहरुको मागलाई बेवास्ता गर्दै संविधान ल्याइए संविधानसभाबाट जारी हुने पश्चगामी र ३३ दलबाट जनसंविधान जारी गरी देशमा दुई खालको संविधान हुने समेत जनाएको छ ।
२४ औं जनआन्दोलन दिवसका अवसरमा ३३ दलिय मोर्चाले राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच मोर्चाले आफूहरुलाई बाहिर राखेर घोषणा गर्ने संविधान अस्वीकार गर्ने समेत जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेका राजनीतिक दलले जनताको संविधान बनाउनै नसक्ने भन्दै छुट्टै संविधान जारी गर्ने उद्घोष गरे ।
उनीहरुले संविधान बनाई गएमा पश्चगामी संविधान मात्रै बनाउछन् कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष गजुरेलले भने उनीहरु पश्चगामी संविधान ल्याउछन् हामी जनसंविधान बनाउछौं, देशमा दुई वटा संविधान हुन्छ जुन राम्रो हुन्छ जनताले त्यहीं नै छान्नेछन् ।
देशमा दुई वटा संविधान भएपछि सत्ता समेत दुई वटा नै जन्मने भन्दै उपाध्यक्ष गजुरेलले यस्तो अवस्था आउन नदिने हो भने सर्वदलिय छलफल डाक्न आग्रह समेत गरे । संयुक्त सरकार गठन गरी सर्वपक्षीय छलफलबाट जनताको संविधान जारी गरिए देशले निकास पाउने उनको भनाई छ ।
आफ्ना मागहरु के के हुन् भन्नेबारे छाडै नै संविधानसभा भित्रका अन्तरवस्तुबारे ठोस धारणा आउने जानकारी दिदै उनले सबै पक्षसग छलफल गरेर संविधानका अन्तरवस्तुबारे मोर्चाका मागहरु आउने बताए ।
दलित, जनजाती, महिला, मजदुर, किसान, व्यापारी लगायतका राख्नुपर्ने विषयहरुमा उनीहरु सबैसग छलफलमा लैजाने समेत बताए ।
गजुरेलले यो संविधानसभाले कुनै पनि हालतमा जनताको संविधान जारी गर्न नसक्ने भएकाले कुनै पनि हालतमा संविधानसभामा भाग नलिने समेत जनाए ।
संविधानको विरोधी नभएको स्पष्ट पार्दै उनले संविधानसभा पश्चगामी र प्रतिगामीको कब्जामा गएकाले सहभागी हुनै नसक्ने जनाए ।
कार्यक्रममा बोल्ने अन्य विभिन्न दलका नेताहरुले आफूहरुलाई बाईपास गरेर संविधान जारी गर्न खोजे स्वीकार त मात्रै नभएर आगो लगाउने चेतावनी समेत दिए ।
प्रकाशित मिति:
April 07, 2014