मन्त्रिपरिषद् २४ सदस्यीय, थपिएका तीन मन्त्रीमा नेता पत्नी र नेता पुत्र
चैत्र २४ । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् आज विस्तार भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ र नेकपा मालेका तर्फबाट एक जना मन्त्री थपिएका हुन् ।
थपिएका मन्त्रीहरुमा राप्रपाबाट अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल थापा वाणिज्य तथा आपूर्तिमन्त्री र गिरीबहादुर केसी राज्यमन्त्री नियुक्त भएका छन् ।
यस्तै माले महासचिव सीपी मैनालीका पत्नी निलम केसीलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त भएका छन् ।
थापा र केसीले राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
शीतलनिवासमा भएको समारोहमा उपराष्ट्रपति, सभामुख, मन्त्रीहरु, विभिन्न दलका नेता लगायतको उपस्थिति थियो ।
थापा धनकुटा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् भने राप्रपाका नेता दिपक बोहोराका भिनाजु समेत रहेका केसी र मैनाली पत्नी गैरसभासद हुन् ।
पछिल्लो विस्तारसँगै कोइराला नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ । जसमा दुई राज्यमन्त्री छन् ।

प्रकाशित मिति:
April 07, 2014