टी-ट्वान्टी क्रिकेटको नयाँ च्याम्पियन बन्यो श्रीलंका, भारत ६ विकेटले पराजित
चैत्र २४ । भारतलाई ६ विकेटले हराउँदै ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन श्रीलंका बन्न सफल भएको छ ।
पूर्व च्याम्पियनसिप भारतले जितका लागि दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको श्रीलंकाल १३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७७ रन बनाए पनि उत्कृष्ट चुनौती दिन भारत चुकेको थियो । श्रीलंकालाई जिताउनका लागि कुमार सांगाकाराले सर्वाधिक ५२ रन नबाए । ३५ बलको सामना गर्दै ६ चौका र एक छक्का हान्दै सांगाकाराले राम्रो रन जोडेका थिए । यस्तै माहेला जयवर्धनेले २४ रन बनाए भने परेराले नटआउट २१ रन बनाएका थिए ।
तस्बीरः एजेन्सी
प्रकाशित मिति:
April 07, 2014