पक्राउ परे हर्बोका अध्यक्ष र उपाध्यक्ष
असार २६ – प्रहरीको केन्द्रीय अनुसन्धान विभागले आज अवैध नेटवर्क मार्केटिङका अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ ।
सर्वसाधारणलाई अवैध नेटवर्क मार्केटिङको माध्ययमबाट हर्बो इन्टरनेशनलका नाममा ठगि गर्ने हर्बोका अध्यक्ष गोकुल श्रेष्ठ र उपाध्यक्ष पुष्पराज पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि अवैध नेटवर्किका माध्ययमबाट पाँच लाख बढी सर्वसाधारणलाई सदस्य बनाएका गोकुल श्रेष्ठ र पुष्पराज पुरुषलाई प्रहरीले नयाँ बानेश्वरस्थिति भाडाको घरमा बसिराखेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धान ब्युरोले हर्बोका अन्य सञ्चालकको खोजी कार्य जारी रहेको बताएको छ ।
प्रकाशित मिति:
July 10, 2012