नेपाली सेनाका सबै हतियार अब माओवादीको पक्षमा, अब ५ सय वर्ष सत्ता खाने प्रचण्डको भनाई (भिडियोसहित) I
जेठ २८ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले लडाकुका हतियार बुझाएपनि सिंगो नेपाली सेनाका हतियार नै माओवादीको पक्षमा आइसेकेको बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले सत्ता कांग्रेस एमालेको मात्र बाउको पेवा नभएको बताए । जनताले नपाउने ? मधेसी, जनजाति, दलितले सत्ता नपाउने ? उनले भने - 'लिन्छ अब सत्ता । तीनले २ सय ४० वर्ष खाए, अब ५ सय बर्ष अरुले खान्छन् ।’
कार्यक्रममा प्रचण्डले मधेसी, जनजाति, दलित सत्ताको महत्व नवुझेर बिग्रिएको र शासकहरु सत्ताबाहेक अरु केही नदेखेर विग्रएको दाबी समेत गरेका थिए ।
प्रचण्डले वर्तमान सरकार अपदस्थ गर्ने प्रयास पनि नेपाली सेनाकै कारण सफल हुन नसकेको भन्दै कांग्रेस एमालेले उचालेर राष्ट्रपतिले आदेश दिदैमा अब नेपाली सेनाले माओवादी विरुद्ध कुनै कदम नचाल्ने उल्लेख गरे ।
भिडियो हेर्नुहोस
Video power by Kantipur TV
प्रकाशित मिति:
June 10, 2012