• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अब हामीसँग रहेनन् शाह
अब हामीसँग रहेनन् शाह

काठमाडौँ, ६ असार । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव शरदचन्द्र शाहको आज सिङ्गापुरमा निधन भएको छ ।

उपचारका लागि सिङ्गापुरमा रहेका ६६ वर्षीय शाहको उपचारकाक्रममै आज निधन भएको शाहका सहयोगी मनोज प्रधानले जानकारी दिएका छन् ।

पछिल्लो केही महिनादेखि अस्वस्थ रहेका शाहका दुवै मिर्गौलाले काम गर्न छाडेका थिए ।

विसं २०३४ मा राखेपको सदस्यसचिवमा नियुक्त भएका शाह १० वर्ष सो पदमा रही कार्य गर्नुभएको थियो । पञ्चायती व्यवस्थाको अवसान हुनुभन्दा करिब दुई वर्ष पहिले परिषद्  छोडनु भएका शाहको नेतृत्वलाई नेपाली खेलकुदमा उल्लेखनीय उपलब्धिकारूपमा लिइन्छ ।

देशको खेलकुद इतिहासकै सर्वाधिक शक्तिशाली व्यक्तित्व मानिने शाहकै पालामा वि.सं. २०३८ देखि नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सुरु भएको थियो ।

त्यस्तै, देशभर पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रतियोगिता साग, एसियाड र ओलम्पिकका विजेता खेलाडीलाई मोटरसाइकल र नगद रकमसहित सम्मानित गर्ने प्रचलन पनि शाहले सुरु गरेका थिए ।

विशेषगरी शाहकै पहलमा दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करण नेपालमा वि.सं. २०४१ मा सफलतापूर्वक सम्पन्न भएको थियो । उनी राष्ट्रिय सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष समेत थिए ।

उनको शव काठमाडौं ल्याउनेबारे परिवारमा छलफल भईरहेको बताइएको छ ।

प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • 19 killed as Sita Air crashes minutes after take-off
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
गृह पृष्ठ |