अबको चुनावमा विद्युतीय यन्त्रद्वारा भोट
असार १२ – अब हुने निर्वाचनमा हामीले विद्युतीय यन्त्रबाट भोट हाल्नुपर्ने भएको छ ।
निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा आयोगले विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न लागेको जानकारी गराएका छन् यसो भएमा अबको चुनावमा विद्युतीय यन्त्रद्वारा भोट हाल्न पाइने छ ।
राजविराजमा मंगलबार आयोजित अन्तक्र्रियामा आयुक्त डा यादवले निर्वाचनलाई विश्वसनीय, तटस्थ, स्वच्छ र छिटोछरितो बनाउने लक्ष्यअनुरूप आयोगले यसो गर्न लागेको बताएका हुन् ।
उनले संसारका राम्रा निर्वाचनमध्ये नेपालको निर्वाचन आयोग बनाउने ध्येयका साथ विद्युतीय यन्त्रद्वारा मतदान गराउने व्यवस्था गर्न खोजिएको बताए ।
स्वच्छ निर्वाचनका लागि चलाइएको कार्यक्रममा अवरोध सिर्जना गरेर नागरिकताबिना पनि नाम सङकलन गर भन्नु युक्तिसङगत नहुनेतर्फ विचार गर्न उनले राजनीतिक दलहरूसँग आग्रह समेत गरेका छन् ।
निर्वाचन आयोगले नागरिकताको प्रमाणपत्र वितरण नगर्ने भएकाले सरकारको सम्बन्धित मन्त्रालय र त्यसअन्तर्गत सबै जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र लिनुपर्ने र राजनीति गर्नेहरूले दिलाउन सहयोग गनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति:
June 26, 2012