• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » वैद्यले राष्ट्रपतिलाई भेटे, के भने त भेटेर ?
वैद्यले राष्ट्रपतिलाई भेटे, के भने त भेटेर ?

असार १० – एकीकृत नेकपा माओवादीबाट विभाजित भएर नेकपा (माओावदी) पार्टी घोषणा गरेको वैद्य किरण पक्षले आज नयाँ पार्टी घोषणा पछि पहिलो पटक राष्ट्रपति डा. रामवरण यादवलाई भेटेको छ ।

राष्ट्रपति यादवसँग एकीकृत नेकपा (माओवादी) बाट भर्खरै विभाजित भएर गठन भएको नेकपा –माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भेटवार्ता गरेका हुन् ।

राष्ट्रिपति निवास शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । सो क्रममा वैद्यले वर्तमान सङ्कटको निकासका लागि गोलमेच सम्मेलन र अन्तरिम सरकार गठन गर्नुपर्ने माग समेत गरेको छ । उसले यी मागहरु यसअघिदेखि नै उठाउँदै आएको विषय हो ।

वैद्यले राष्ट्रपति डा। रामवरण यादवलाई देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि पहल थाल्न आग्रह समेत गरेको छ ।

वैद्य नेतृत्वको नेकपा–माओवादीको केही दिन अगाडि सम्पन्न कार्यकर्ता भेलाले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई हटाएर ‘अन्तरिम संयुक्त सरकार’ गठन गर्नुपर्ने निर्णय गरेसँगै आज राष्ट्रपतिसँगको भेटलाई निक्कै महत्वका साथ हेरिएको छ ।


प्रकाशित मिति: June 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |