• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » भोटो हेर्न राष्ट्रपति ५ बजे जाने, हेरेपछि जात्रा नै सकिने
भोटो हेर्न राष्ट्रपति ५ बजे जाने, हेरेपछि जात्रा नै सकिने

असार १० – चैत २५ बाट सुरु भएको रातो मच्छिन्द्रनाथ जात्राको आज भोटो देखाएर सम्पन्न हुँदैछ ।

भोटो हेर्न राष्ट्रपति ५ बजे ललितपुर, जावलाखेल जानेछन् भने भोटो देखाईसकेपछि यो जात्रा सम्पन्न हुने छ ।

वर्षा र सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा चैत २५ बाट सुरु भएको थियो । सोही जात्रा अन्तर्गत आज बेलुकी करिब ५ बजे जावलाखेलमा राखिएको मच्छिन्द्रनाथको भोटो राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रदर्शन गरेपछि जात्रा सम्पन्न हुने भएको हो ।

भोलि हुने सो भोटो देखाउने जात्राको गुठी संस्थान र ललितपुर उपमहानगरपालिका र ललितपुर प्रहरी कार्यालयको समन्वयमा हिजै सम्पूर्ण तयारी पूरा भएको हो ।

गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाका अनुसार रथयात्राको सम्पूर्ण व्यवस्था र भोटो देखाउने जिम्मेवारी गुठी संस्थानको हुन्छ भने जात्रा तयारीसम्बन्धी व्यवस्थापन ललितपुर उपमहानगरपालिका र सुरक्षा व्यवस्था ललितपुर प्रहरीले गर्ने गरेको छ ।

करिब तीन महिनासम्म सञ्चालित यो जात्रा गुरु र शुक्र ग्रहको अस्त र उदयका कारण थट्टीटोलमा थप एक महिना रोकिएको थियो । यसैबीच, भोटो जात्राको अवसरमा आज सरकारले काठमाडौँमा भने सार्वजनिक बिदा समेत दिएको छ ।


प्रकाशित मिति: June 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |