कांग्रेस नेता पौडेल अचानक बिरामी, आईसियूमा राखेर उपचार हुँदै
असार १० – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको एक्कासी स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना गरिएको छ । नेता पौडेलको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसीयुमा राखेर उपचार भईरहेको छ । पौडेललाई निमोनिया र उच्च रक्तचापको समस्या देखिएको बताइएको छ । साथै रगतमा अक्सीजनको कमी पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।
पौडेललाई थप पाँच दिन आइसियूमा राखेर उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको पौडेलका निजी सहयोगि जगदिश न्यौपानेले जानकारी दिएका छन् ।