कालिकोटमा जर्सी गाई हेर्नेको घुँइचो I
असार १० - विकट जिल्ला मानिएको कालिकोटमा पहिलो पटक जग्गा भागामा लिएर गाई फर्म सुरु गरिएको छ ।
यो कार्यले विकट जिल्लामा पनि गरेमा जे पनि हुन सक्छ भन्ने स्पष्ट समेत पारेको छ । अहिले कालीकोटमा गाई ल्याएपछि गाई हेर्नेको घुइँचो लागेको छ ।
बीस वर्षका लागि चार हजार वर्गमिटर जग्गा भाडामा लिएर गाई फर्मको स्थापना गरिएको हो । भैरहवाबाट पाँच दिन लगाएर पाँचवटा गाई शनिबार कालीकोट पु¥याइएको छ ।
हिमचुली कृषि सहकारी संस्था लि. मान्म–५ कालीकोटले पहिलोपटक जर्सी गाई ल्याएर फर्मको स्थापना गरेको हो ।
कालीकोटमा एक वर्षअघिदेखि हिमचुली डेरी स्थापना गरेर दूध बिक्री गर्दै आएको सो संस्थाले बजारको मागअनुसारको दूध उपलब्ध नभएपछि आफैँ गाई फर्मको सुरुवात गरेको हो ।
भैरहवाबाट कालीकोटमा पुग्दा खरिद, ढुवानी र गोठलगायतको खर्च गरेर पाँचवटा गाईका लागि १५ लाख रुपैयाँ बराबरको लगानी गरिएको संस्थाका अध्यक्ष काशीचन्द्र बरालले बताएका छन् ।
गाई फर्मका लागि भाडामा लिएको जग्गामा बहुआयामिक नर्सरी, तरकारी खेती, गढ्यौला मलसमेत उत्पादन गरिने बताइएको छ ।

प्रकाशित मिति:
June 24, 2012