• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कालिकोटमा जर्सी गाई हेर्नेको घुँइचो I
कालिकोटमा जर्सी गाई हेर्नेको घुँइचो I

असार १० - विकट जिल्ला मानिएको कालिकोटमा पहिलो पटक जग्गा भागामा लिएर गाई फर्म सुरु गरिएको छ । यो कार्यले विकट जिल्लामा पनि गरेमा जे पनि हुन सक्छ भन्ने स्पष्ट समेत पारेको छ । अहिले कालीकोटमा गाई ल्याएपछि गाई हेर्नेको घुइँचो लागेको छ ।

बीस वर्षका लागि चार हजार वर्गमिटर जग्गा भाडामा लिएर गाई फर्मको स्थापना गरिएको हो । भैरहवाबाट पाँच दिन लगाएर पाँचवटा गाई शनिबार कालीकोट पु¥याइएको छ ।
हिमचुली कृषि सहकारी संस्था लि. मान्म–५ कालीकोटले पहिलोपटक जर्सी गाई ल्याएर फर्मको स्थापना गरेको हो ।
कालीकोटमा एक वर्षअघिदेखि हिमचुली डेरी स्थापना गरेर दूध बिक्री गर्दै आएको सो संस्थाले बजारको मागअनुसारको दूध उपलब्ध नभएपछि आफैँ गाई फर्मको सुरुवात गरेको हो ।
भैरहवाबाट कालीकोटमा पुग्दा खरिद, ढुवानी र गोठलगायतको खर्च गरेर पाँचवटा गाईका लागि १५ लाख रुपैयाँ बराबरको लगानी गरिएको संस्थाका अध्यक्ष काशीचन्द्र बरालले बताएका छन् ।
गाई फर्मका लागि भाडामा लिएको जग्गामा बहुआयामिक नर्सरी, तरकारी खेती, गढ्यौला मलसमेत उत्पादन गरिने बताइएको छ ।

प्रकाशित मिति: June 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |