असार १० – मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी) ले पार्टीको नामबाट व्यक्तिगत सम्पत्ति कमाउनेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ ।
पाल्पाको तानसेनमा शनिबार सम्पन्न बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको थियो ।
छानबिन र कारवाहीका लागि प्रभावकारी छानबिन समिति गठन गर्ने समेत जनाएइको छ ।
पाल्पामा पनि पार्टीको नामबाट बृहत सम्पत्ति कमाएको भन्ने कुराको खुलासा भएपछी छानबिन समिति गठन गर्न लागिएको इन्चार्ज तुलाराम घर्तीमगर (वसन्त) ले जानकारी दिएका छन् । स्थानियहरुको गुनासो समेत आएकोले त्यस सम्बन्धि छानबिन गरी पार्टीको नाममा कुनै पनि व्यक्तिले सम्पत्ती प्रयोग गरेको भए त्यसलाई सार्वजनिक गरिने कुरा उनले बताए । नेताले त्यस्तो दुरुपयोग गरेको भए प्रमाण जुटाएर छानबिन प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् ।
पत्रकार सम्मेलनमा नवगठित नेकपा ९माओवादी० पार्टीको भावी रणनीति जानकारी गराउँदै राष्ट्रिय भेलाको कार्यदिशा र केन्द्रीय समितिको नीति, निर्णयअनुसार वैचारिक राजनीति संगठनिक र संघर्ष सम्बन्धी प्रशिक्षण चलाउने बताइएको छ ।