बलिउड नेपाली अभिनेत्री मनिषा कोइरालाद्वारा डिभोर्स (भिडियो पनि)
साउन १४ – हिन्दी थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नेपाली तर बलिउड नायिका मनिषा कोइरालाले औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छन् ।
दुई वर्षअघि नेपाली व्यवसायी सम्राट दाहालसँग लगनगाँठो कसेकी मनिषाले केही साताअघि औपचारिक रुपमै पति सम्राट दाहालसँग डिभोर्स गरेको भारतीय संचारमाध्यमहरुले प्रकाशन प्रसार गरेका छन् ।
मनिषाको बिहे भएदेखि नै बारम्बार डिभोर्सका हल्ला भने चल्दै आएको थियो । उनले पति दाहाललाई आफ्नो सत्रुको समेत उपमा दिएकी थिइन् । मनिषाले आफूभन्दा ६ वर्ष कान्छा पतिसँग बिहे गरेकी थिइन् ।
२०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षमै दाम्पत्य जीवन तोड्न पुगेकी हुन् ।
पछिल्ला अन्तरवार्ताहरुमा आफुलाई आमा बन्ने तिब्र इच्छा भएपनि त्यो सम्भव नदेखिएको भन्दै दुखेसो पोखेकी थिइन् । 'आमा बन्न एकदम मन छ तर थाहा छैन, आफैंले सन्तान जन्माउँछु वा धर्मसन्तान पाल्छु,' महिना दिनअघि नायिका मनीषा कोइरालाले भारतीय सिने म्यागजिन 'फिल्म फेयर' सँगको कुराकानीमा भनेकी थिइन् । मनिषाले यसभन्दा अगाडी आफ्नो पति शत्रु भएको भनेर यसरी भनेकी थिइन् तल भिडियो हेर्नुहोस :-
Video Uploaded By: ZoomDekho

प्रकाशित मिति:
July 29, 2012