कास्मिरमा ४ सय मिटर लामो सुरुङ फेला
साउन १४ – भारत र पाकिस्तानबीच सिमानाको विषयलाई लिएर पटक पटक युद्ध र किचलो भइरहेको अवस्थामा पछिल्लो समय भने सिमानामा ४ सय मिटर लामो सुरुङ फेला परेको छ ।
भारतीय अधिकारीहरुले भारत र पाकिस्तानको सीमातार लगाएको स्थानमा २५ फिट गहिराईमा उक्त सुरुङ फेला पारेको बताइएको छ ।
यसरी त्यहाँ सुरुङ फेला परेपछि दुई देशबीच झनै शंका बढेर गएको छ । तर त्यो सुरुङ कसले र किन खनेको भन्नेबारे भने अझैसम्म खुलेको छैन ।
बिबिसी समाचारमा उल्लेख भए बमोजिम फेला परेको उक्त सुरुङ ३ फिट गहिराई र ३ फिट चौडाईको रहेको छ । उक्त सुरुङमा अक्सिजन पुर्याउन २ इन्चको पाइपको समेत प्रयोग भएको छ ।
भारत–पाकिस्तान सीमा नजिकै रहेको उक्त क्षेत्र आसपासको खेतमा केही दिनअघि जमिन धस्सिएको बताइएको छ । जमिन धस्सिएको बारेमा छानबिन गर्दा उक्त सुरुङ फेला परेको जनाइएको हो ।
यो सुरुङ फेलापछि अहिले भारत र पाकिस्तानमा एक अर्कामा शंकाले हेर्ने गर्मी झनै चढेर गएको छ ।
प्रकाशित मिति:
July 29, 2012