अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्छु : प्रधानमन्त्री
साउन २९ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले पोखराको छिनेडाँडामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाएरै छाड्ने बताएका छन् ।
पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल बिना पोखराको विकास सम्भव नभएकाले कुनै पनि हालतमा विमानस्थल बनाएरै छाड्ने विश्वास दिलाएका हुन् ।
विमानस्थलको निर्माण कार्य धेरै अघि बढिसकेको तर केही प्राविधिक कारणले यसको ढिलाई हुन गएको उनको भनाई छ ।
सरकारको पहिलो प्राथमिकता पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने रहेको धारणा राख्दै उनले देश विदेशका पर्यटकहरु ल्याउन नसकेसम्म यसको विकास सम्भव नभएको विचार व्यक्त गरे ।

प्रकाशित मिति:
August 13, 2012