ग्यास चुहिएर दुई होटेलमा आगलागी
२९ साउन । नारायणगढमा आज बिहान ग्यास चुहिएर भएर दुई होटेलमा आगलागी भएको छ ।
बिहान ६ बजे नारायणगढस्थित पुल्चोकमा रहेको पर्वत मिष्ठान्न भण्डार र तमु होटेलमा आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
भरतपुर नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका छन् । पर्वत होटेलमा ग्यास चुहिएपछि आगो फैलिएको हुनसक्ने अनुमान गरिएको र अहिले अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
सो आगलागीबाट होटेलका फर्निचर, भवन तथा अन्य सामाग्री गरी रु २० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । रासस
प्रकाशित मिति:
August 13, 2012