भ्रष्टचारीलाई भ्रष्टचारी ठहर गरेको विरोधमा नेविसंघद्वारा तुलसीपुर बन्द
Powered by Blogger.
साउन ३१ – भ्रष्टचारीलाई भ्रष्टचारी भएको ठहर गरेको विरोधमा नेपाली कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेविसंघले आज दाङको तुलसीपुर बन्द गरेको छ ।
सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेसी नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरी जेल सजाय सुनाएको भन्दै कांग्रेस विद्यार्थी भातृ संगठन युवा संघले आज दाङको तुलसीपुर बन्द गराएको हो ।
सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेसी नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरी जेल सजाय सुनाएको भन्दै कांग्रेस विद्यार्थी भातृ संगठन युवा संघले आज दाङको तुलसीपुर बन्द गराएको हो ।
नेविसंघ राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर ईकाइ कमिटीले आह्वान गरेको बन्दका कारण त्यसक्षेत्रको जनजिवन प्रभावित भएको छ ।
नेविसंघले सर्वोच्चको फैसलाको पुनरावलोकन हुनुपर्ने माग समेत गरेको छ । संघले भ्रष्टाचारी ठहर भए पछि खड्का चुनावमा उम्मेदवार बन्न, दलको नेता वा कुनै पनि सार्वजनिक पद धारण गर्नका लागि अयोग्य हुने भएका कारण खड्कालाई भ्रष्टाचारीको विल्ला भिराएर राजनीती समाप्त पार्न खोजिएको आरोप लगाएको छ ।
सर्वोच्चले हिजो खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र विगो तथा जरिवाना गरी १ करोड ८९ लाख ४८ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको थियो ।
प्रकाशित मिति:
August 15, 2012