राजविराज, १३ कात्तिक । अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल)का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन् ।
राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाए ।
जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका हुन । विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए ।
“नेतृत्वले प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,” उनले भने । सातबुँदे माग अघि सार्दै उनी अनशनमा बसेका हुन् ।
Powered by Blogger.
टिकट वितरणमा भेदभाव भएको भन्दै दुई दिनदेखि अनसन
प्रकाशित मिति:
October 30, 2017