समानुपातिकको नाम सिफारिस समय बढाउन कांग्रेसले माग गर्ने
मंसिर २४ । निर्वाचन पछि पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसभित्र समानुपातिक तर्फ सभाषद छान्न विवाद चुलिएपछि समानुपातिक तर्फको नाम सिफारिस गर्ने समय बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने भएको छ ।
कांग्रेसले आउँदो ३० गतेसम्मको समय दिन आग्रह गर्ने भएको हो । सोमबार बिहान बसेको संसदीय बोर्डको बैठकले आउँदो ३० गतेसम्मको समय दिन आग्रह गर्ने निर्णय गरेको हो ।
यता, समानुपातिकतर्फ आफूले पाएको सिट संख्या अनुसार नाम पठाउन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय बल्खुमा बसिरहेको छ ।
निर्वाचन आयोगमा मंगलबारसम्म समानुपातिकतर्फको नाम बुझाउनुपर्ने भएकाले अरु राजनीतिक दल पनि आन्तरिक छलफलमा छन् ।
प्रकाशित मिति:
December 09, 2013