फेरि चीनसँग अमेरिका धकेलियो पछाडी
साउन २१ – खेलको सुरुदेखि नै पदकको अग्रस्थानमा रहेको चीनलाई हिजो एक स्वर्णले पछि मारेपनि लन्डनमा जारी लन्डन ओलम्पिक–२०१२ मा फेरि अमेरिकालाई पछि धकेल्दै चीन पुनः एकपटक पदक तालिकामा शीर्षस्थान कब्जा गर्न सफल भएको छ ।
नवौं दिनको खेल जारी रहँदा चीन २७ स्वर्ण, १६ रजत र १४ कास्य पदकगरी कुल ५७ पदकका साथ शीर्षस्थानमा रहेको छ ।
त्यस्तै अमेरिका २७ स्वर्ण, १४ रजत र १७ कास्यगरी कुल ५६ पदकका साथ दोस्रो स्थानमा झरेको छ । त्यस्तै आयोजक समेत रहेको बेलायत १५ स्वर्ण, ८ रजत र ८ कास्यगरी कुल ३१ पदकका साथ तेस्रो स्थानमा छ ।
१० स्वर्ण, ४ रजत र ६ कास्यगरी कुल २० पदकका साथ दक्षिण कोरिया पदक तालिकामा चौथो र ८ स्वर्ण, ६ रजत र ९ कास्यगरी कुल २३ पदकका साथ फ्रान्स लन्डन ओलम्पिकको पाँचौ स्थानमा रहेको छ ।
प्रकाशित मिति:
August 05, 2012