प्रचण्ड पुत्र भन्दैछन्– मलाई बुबाआमासँग भेट गर्न नदिने यो संस्कार कसले बनायो ?
भदौ १० – राम्रो भन्दा नि अलिक फरक उपद्रो उपद्रो काम गरेर चर्चामा आईरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल अहिले भने अर्कैकी श्रीमती लिएर भूमिगत अवस्थामा छन् ।
उनी विवाहित महिला अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा सरस्वती क्याम्पसकी स्ववियू सभापति बिना मगरलाई लिएर अहिले बेपत्ता अवस्थामा हरेका हुन् ।
बिनालाई लिएर भाग्नु अघि उनी राजनीतिका अवस्थामा फेसबुकमा निक्र्कै चर्का गालि गर्ने मान्छे पनि मानिन्छन् । प्रचण्ड पुत्र भएर पनि उनी राजनीतिक घटनाका विषयमा निक्कै नजिक रहने गर्दथे । त्यही भएर विपक्षीहरुलाई चर्का गाली गरिरहन्थे भने वर्तमान घटनाक्रमहरु पनि फेसबुक वालमा समेटिरहन्थे ।
तर अहिले भने केटाहरु कि त पैसामा बिग्रिन्छन् कि त केटीमा लागेर सकिन्छन् भन्ने उखान उनमा पनि लागू भएको छ ।
प्रकाश घरमा आफ्नी श्रीमती हुँदा हुँदै अर्कैकी श्रीमती लिएर हिडेपछि सार्वजनिक रुपमा देखिने समेत अवस्था छैन । उनी सार्वजनिक रुपमा देखिए बहुविवाहको आरोपमा उनलाई प्रहरीले प्रक्रने छ ।
त्यही भएर पनि उनी अहिलेसम्म भूमिगत नै छन् । तर, फेसबुकमा छाइरहने उनको पुरानो बानी भने विकासित हुँदै गएको छ ।
तर पहिले जस्तो उनले राजनीतिको अवस्थामा तिखो र चर्को गाली गर्नुभन्दा पनि अहिले आफ्नै समस्या बारे गुनासो पोख्ने गरेका छन् ।
गएराति, उनले आफ्नो फेसबुक वालमा बाबु आमालाई भेट्न नपाउने यो कस्तो दुनियाँ, कस्तो बिडम्बना राजनीति भन्ने बित्तिकै परिवार भन्ने हुँदैन र ? माया भन्ने चिज हुन्न ?? यो संस्कार कसले बनायो भन्दै आफ्नो पीडा पोखे । उनले उक्त स्टाटस अहिले त डिलिट गरिसकेका छन् तर उनको उक्त स्टाटसमा दुःख भने मज्जाले समेटिएको बुझ्न सकिन्छ ।
केही दिन अघि मात्रै उनी भक्तपुरमा लुकेर बुसेको र तर घरमा अहिलेसम्म पनि आईनसकेको भनेर केही पत्रिकाले खबर पनि छापेका थिए ।
जे भए पनि, कुनै पनि कुरा गर्न अघि ख्याल नगरेर पछुतानु भन्दा पहिले नै होस गरेर गर्नु पर्छ भन्ने सन्देश भने उनले दिइरहेका छन् ।