बोल्ड सिनकै कारण ३ दिनमै जिस्म-२ ले पाकिस्तानमा कमायो ६२ हजार डलर
भदौ १० – पोर्नस्टार सनी लियोनले अभियन गरेको चलचित्र जिस्म २ ले पाकिस्तानमा चलचित्र लागेको ३ दिनमै ६२ हजार डलर कमाउन सफल भएको छ ।
जिस्म–२ ले पाकिस्तानमा बोल्ड सिनकै कारण पहिलो ३ दिनमै उक्त आम्दानी गर्न सफल भएको बताइएको छ ।
पूजा भट्टले निर्देशन गरेको उक्त चलचित्रमा नायिकाको रुपमा इन्डो क्यानेडियन पोर्नस्टार सनी लियोनले अभिनय गरेकी छन् ।
जिस्म–२ मा सनी लियोनको साथमा रणदीप हुड्डा, अरुणोदय सिंहको मूख्य भूमिका रहेको छ । फिल्मको प्रचारमा बोल्ड किसिङ सिन प्रयोग भएको थियो । तर फिल्ममा भने त्यस्तै प्रकारको किसहरु देख्न सकिदैन ।
बलिउडमा ‘ए’ सर्टिफिकेट प्राप्त जिस्म–२ पाकिस्तानमा पर्दशन भएपछि सनी पाकिस्तानमा पनि फ्यान संख्या बढेको जनाइएको छ ।
तर, इन्टरनेटहरुमा सनीका पोर्न भिडियोहरु हेरेका दर्शकले भने उनलाई नायिकाको रुपमा भन्दा अलिक फरक तरिकाले हेरेको बताइन्छ ।
प्रकाशित मिति:
August 26, 2012