मिर्गौला रोगी बालकलाई सहयोगको अपिल
साउन २५ – स्याङ्जा चिलाउनेबास–५ का मिर्गौलापीडित तीन वर्षीय बालक समीर पौडेलको उपचारका लागि सहयोग गर्न उनका परिवारजनले अपिल गरेका छन् ।
गत असार ३ गते सामान्य रुघाखोकी लागेर अस्पताल भर्ना भएका बालक पौडेलको पछि आएर मिर्गौलामा खराबी देखिएपछि थप उपचारका लागि परिवारले सहयोगको याचना गरेको हो ।
“छोराको उपचारका लागि दुई लाखभन्दा धेरै खर्च भैसक्यो”– समीरका बाबु रामकान्त पौडेलले भन्नुभयो–“थप उपचारका लागि मेरो आर्थिक अवस्था निक्कै कमजोर भयो, त्यसैले उपचारका लागि सहयोग गर्न सार्वजानिक रूपमा याचना गर्नुपरेको हो ।” समीरलाई अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति:
August 09, 2012