फिलिपिन्समा विमान दुर्घटनामा परी बेपत्ता नेपाली सहचालकको मृत्यु भएको पुष्टि
भदौ ५ – फिलिपिन्समा जहाज दुर्घटनापछि हराईरहेका भनिएका एक नेपाली सहचालक तथा विद्यार्थी र फिलिपिनो पाइलटलको मृत्यु भएको पुष्टि भएको छ ।
शनिबार फिलिपिन्समा भएको जहाज दुर्घटनापछि हराईरहेका उनीहरुका दुवै जनाको शव विमानको ककपिटमा अड्किएको अवस्थामा फेला परेको एसोसिएट प्रेसले उल्लेख गरेको छ ।
कोपाइलट क्षितिज र पाइलटको शव ककपिटमा देखिए पनि निकाल्न भने नसकिएको बताइएको छ ।
क्षितिज चन्द फिलिपिन्समा पाइलट कोर्स गर्न गएका थिए । उनी कोपाइलटको रुपमा फिलिपिन्सका गृहमन्त्री चढेको सानो विमानमा सवार थिए ।
उक्त दुर्घटनामा परी हराइरहेमो फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडोको शव भने समुन्द्रमा फेला परेको छ ।
Watch Video
प्रकाशित मिति:
August 21, 2012