प्रवासी नेपालीहरुको लगानीमा गाउँमा रेमिट्यान्स
खेमनाथ पौडेल, यूएई - प्रवासी नेपालीहरुले नेपालका विभिन्न क्षेत्रमा विकास निर्माणमा होस् वा, शिक्षा, स्वास्थ, वित्तिय क्षेत्र आदीमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विस्तारै लगानी भित्राएका छन् ।
हालैका बर्षहरुमा विगतमा जस्तो घर जग्गामा मात्र नभएर अन्य क्षेत्रमा पनि लगानी गर्नेको लर्को लागेको छ । भर्खरै मात्र प्रवासमा रहेका नेपालीहरुको पहलमा नवलपरासीको देउराली गा.वि.स-३ गिरुवारीमा रेमिट्यान्स सहित अन्य विभिन्न किमिसका सेवा दिने गरी पिपुल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको छ ।
उक्त गाविसमा बर्षौ देखि वित्तिय पहुँच सम्म पुग्न नसकेका देउराली र त्यसका वरपरका जनतालाई वित्तिय सेवा दिने गरी बैङ्किग कारोवार सञ्चालनमा ल्याएको यसै सस्थाका प्रवन्ध निर्देशक चेत बहादुर रानाले वताए । ३ बर्ष यूएईको बसाईलाई विट मार्दै स्वदेश फर्केका रानाले गाउँमा ईन्टरनेट प्रयोगकर्ताकोलागि ईन्टरनेटको सुवधा पनि भित्राएको वताए ।
उक्त गा.वि.स तथा वरपरका वासिन्दाहरुलाई ईन्टरनेट ईमेल, बैङ्कीङ्ग सुविधा मात्र नभएर अति आवस्यक पर्ने एम्वुलेन्स पनि सूरु भएको र देउराली गा.वि.स.बाट प्रवासीएका र विश्वका विभिन्न देशमा रहेका उक्त गाविसका यूवाहरुले पठाएको पैसा विना झन्झट अति सहज र सरल तरिकाबाट उक्त पिपुल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेड बाट तुरुन्त निकाल्न सकिने यसै सस्थाका डिफेंसिफ को–ओर्डीनेटर थमन सिंह ठाडा मगरले बताए ।
गाउँबाटै विदेशबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिने, रकम जम्मा गर्न र ऋण लिन पनि सकिने साथै विरामी परेको अवस्थामा तुरुन्त अस्पताल सम्म पुग्न एम्वुलेन्सको पनि सुविधा भएको हुनाले वरपरका गाउँलेहरुलाई धेरै सेवा सुविधाको राहत मिल्नुका सथो सिंगो देउराली गा.वि.समा विकासको एउटा ईट्टा थप्ने काम भएको नवलपरासीका वालकृष्ण मरासिनीले बताए ।
प्रकाशित मिति:
August 10, 2012