• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » पेटमा हानेको गोली पिठ्युबाट निस्किएपछि...
पेटमा हानेको गोली पिठ्युबाट निस्किएपछि...

साउन २० - अज्ञात समूहले चलाएको गोलीबाट आज बिहान सप्तरीमा एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा कोचाभखारी–७ निवासी रामप्रसाद साहका छोरा २० वर्षीय श्यामकुमार साह रहेका छन् । बिहान ९:३० बजे आफ्नो घरतर्फ गइरहेका बेला चार–पाँचजनाको समूहमा रहेका अज्ञात हतियारधारी समूहले इटहरी बिष्णपुर गाविस–३ स्थित नहर छेउमा साहलाई गोली हानेको स्थानीयवासीले बताएका छन् ।

ती समूहले साहको पेटमा हानेको गोली पिठ्युबाट निस्केको प्रहरीले जनाएको छ । घटनाको खबरलगत्तै प्रहरी निरीक्षक कुशबहादुर थापा नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

गम्भीर अवस्थामा साहलाई तत्कालै उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । रासस


प्रकाशित मिति: August 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |