जहाँ छोरीले पनि पाए अंशबण्डा
भदौ २८ – रुकुममा एक परिवारका चार जना छोरीले पनि अंश पाएका छन् । त्यहाँ एक समाजसेवीले छोरा र छोरीलाई समान रूपमा अंशबण्डा गरिदिएका हुन् ।
जिल्लाको झुला गाविस–३ भेराखेतका खड्कबहादुर खड्काले आफूसँग भएको जग्गा जमिन चार छोरी र एक छोरालाई समानरूपमा बाँडिदिएका हुन् ।
खड्काले मालपोत कार्यालयमा आएर छोरीहरू टिका केसी, हिरा केसी, भीमकुमारी देवकोटा र निशा देवकोटाको नाममा जग्गा पास गरिदिएका छन् ।
छोराछोरी बराबर हुन् भन्ने मान्यताले आफूसँग भएको पैतृक सम्पत्ति छोरीहरूलाई समेत समानरूपमा बण्डा गरिदिएर ६४ वर्षीय खड्काले सरहानीय काम गरेको स्थानीय जनताको प्रतिक्रिया छ ।
प्रकाशित मिति:
September 13, 2012