डिभिजन फोर क्रिकेटमा नेपालद्वारा सिंगापुर ५ विकेटले पराजित
भदौ १८ – मलेसिया जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालले सिंगापुरलाई हराएको छ ।
डिभिजन फोर अन्तर्गतको पहिलो खेलमा आज सिङ्गापुरले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य नेपालले २४ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाउन सफल भएको हो ।
निक्कै खराबी सुरुवाती गरेको नेपालले सिंगापुरलाई ५ विकेटले पराजित गर्न सफल भएको हो ।
खेलमा लगातर ५ विकेट गुमाएपछि भने नेपाली इनिङ सम्हाल्दै शक्ति गौचन र प्रदीप ऐरीले टोलिलाई विजयीसम्म निरन्तर लडिरहे । गौचन र ऐरीले आजको खेलमा ५० रन भन्दा बढीको पार्टरसिप गरेर आफ्नो टोली महत्वपूर्ण योगादन दिए ।
आजको खेलको सुरुमै अनिल मण्डलको विकेट पतन भएको थियो भने ज्ञानेन्द्र मल्ल १ रन र पारस खड्का ५ रनमा सिमित हुँदै आउट हुन पुगे भने शरद भेषवाकर पनि ९ रनमै समेटिए ।
आजको खेलमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरलाई हराउन अमृत भट्टराई एक्लैले चार विकेट लिए । उनले ९ ओभरमा बलिङ गर्दा २८ रन दिएर चार विकेट झारेका थिए भने बसन्त रेग्मीले ३ विकेट झार्दै प्रतिद्वन्दी टीमलाई निराशामा पारे । त्यस्तै सञ्जम रेग्मीले २ र शक्ति गौचनले एक विकेट लिन सफल भए ।
प्रकाशित मिति:
September 03, 2012