राष्ट्रिय स्वाधिनताका विषयमा पार्टीका कुरा छाडिदिनुस् : वैद्य
असोज ५ - नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रिय स्वाधिनताका विषयमा यो पार्टी र त्यो पार्टी भन्ने कुरा छाडेर सबै देशभक्तीका साथ लाग्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा आयोजित राष्ट्रिय स्वाधिनता र नेपाली मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधिनताका विषयमा पार्टीभन्दा माथि उठेर र पार्टीका कुरा समेत छाडेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा उनले जनताको हक हित र देशको पक्षमा लाग्नु नै राष्ट्रिय स्वाधिनता भएको भन्दै यसमा सबै एक भएर लाग्नुपर्ने बताए । उनले पत्रकारहरुलाई देश र जनताका पक्षमा सशक्त भएर लाग्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा उनले मिडियामा विदेशी लगानी भित्रन दिन नहुने समेत बताएका छन् ।
प्रकाशित मिति:
September 21, 2012